देशमा प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहन्छः अध्यक्ष दाहाल
पाेखरा | कात्तिक ४, २०७९
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देशमा प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन् ।
पोखरामा पाँचदलीय गठबन्धन गण्डकी प्रदेशले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘देशमा प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहन्छ, उनले भने, ‘देशमा प्रतिगमनको, निरकंशुताको, अराजकताको खतरा रहेसम्म संविधान र लोकतन्त्र बचाउन गठबन्धन हुनुपर्ने आजको आवश्यकता हो ।’
उनले निर्वाचनको समयमा गठबन्धनमा रहेका फरकफरक पार्टीका कार्यकर्ताहरुले मतदान गर्न गाह्रो नमान्नसमेत आग्रह गरे ।
‘निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार मैदानमा छन् तर मतदानको समयमा कांग्रेसले माओवादीलाई र कांग्रेस तथा माओवादीले जनमोर्चालाई मतदान गर्न गाह्रो नमान्नुस् । किनभने गठबन्धन आजको आवश्यकता हो । तपाइ हाम्रो र राष्ट्रको हितकै लागि हो ।’ उनले भने ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

